Advertisement
विज्ञापन

आजको विनिमयदरः डलरको मूल्य स्थिर,बढ्यो युरो



Advertisement
विज्ञापन

सोमबार पनि युरोपियन युरोको मूल्य बढेको छ। गत शुक्रबारदेखि लगातार बढेको मूल्य सोमबार १२ पैसाले बढेको हो। आज युरो एकको खरिदमा  १४५ रूपैयाँ दुई पैसा र बिक्रीमा १४५ रूपैयाँ ६८ पैसा पाइन्छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सोमबारको विनिमयदर अनुसार डलरको मूल्य स्थिर छ।

एक डलरको खरिद मूल्य १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा छ।यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ९० पैसा र बिक्रीमा ९७ रूपैयाँ ३३ पैसा पाइन्छ।


Advertisement
Advertisement
Advertisement

आज अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर भने ८६ रूपैयाँ ९२ पैसा तोकिएको छ। अस्ट्रेलियन डलरको भाउ सोमबार केही बढेको हो।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४१ पैसा र बिक्रीमा २८ रूपैयाँ ५३ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ २० पैसा र बिक्रीमा ४३३ रूपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २२ पैसा तोकिएको छ।
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad