Advertisement
विज्ञापन

कात्तिकमा घट्यो घरजग्गा कारोबार



Advertisement
विज्ञापन

देशभर कात्तिकमा घरजग्गा कारोबार घटेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार असोजको तुलनामा कात्तिकमा ३४.७ प्रतिशतले घरजग्गा कारोबार घटेको हो।

असोजमा देशभर ३९ हजार आठ सय ८१ संख्यामा घरजग्गा कारोबार भएको थियो भने कात्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको छ। गत कात्तिकको तुलनामा भने यस वर्ष सोही अवधिमा ६.८ प्रतिशतले मात्रै घरजग्गा कारोबारमा कमी आएको देखिन्छ।


Advertisement
Advertisement
Advertisement

गत वर्ष कात्तिकमा देशभर २७ हजार नौ सय ३९ संख्यामा घरजग्गा किनबेच भएको थियो भने यस वर्ष सोही अवधिमा २६ हजार ४६ संख्यामा घरजग्गा किनबेच भएको छ।

नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनी मंसिरदेखि घरजग्गा कारोबार बढ्ने बताउँछन्।‘चाडवाडले गर्दा कात्तिकमा घटेको हो,’ उनले भने, ‘मंसिरदेखि बढ्छ।’ लोहनीका अनुसार मंसिरदेखि घरजग्गा कारोबार बढ्नुको तीन कारण छन्।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad