Advertisement
विज्ञापन

गुल्मीको मुसिकोट नगरपालिकामा जापानिज जनप्रतिनिधीको भ्रमण



Advertisement
विज्ञापन

बुटवल । शुक्रबार राष्ट्रिय कफी दिवस । संयोग सोही दिन कफीको जननी जिल्ला भनेर चिनिने गुल्मी, त्यसमा पनि मुसिकोट नगरपालिकामा जापानी जनप्रतिनिधीहरुले भ्रमण गरेर भविष्यमा गुल्मीको कफी सहितको स्थानीय उत्पादन र जापनी उत्पादन आदन प्रदान गर्ने लगायतका बिषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

मुसिकोट नगरपालिका र जापानको आईता प्रान्त बुङ्गोओन नगरपालिका बिच भगिनी सम्वन्ध स्थापनाका लागि सद्भावपुर्ण भेटघाट  कार्यक्रममा बुङ्गोओना सिटीका मेयर फुमितोशी खबानोको नेतृत्वमा आएको पाँच सदस्यी प्रतिनिधी मण्डललाई मुसिकोट नगरपलिकाका मेयर जिवलाल खरेल जिवनले भब्य स्वागत गर्नु भएको थियो । भविश्यमा भगिनी सम्वन्ध स्थापना गर्ने सम्झौता पत्रमा दुबै नगरपालिकाका मेयरले हस्ताक्षर गरेर आदन प्रदान गरेका थिए ।


Advertisement
Advertisement
Advertisement

समारोहको स्वागत कार्यक्रममा मेयर खरेलले भने’ राष्ट्रिय कफी दिवसकै दिन जापानी जनप्रतिनिधहरुलाई कफीको जननी जिल्ला त्यसमा पनि मुसिकोट नगरपालिकामा स्वागत गर्न पाउनु शुभ संकेत हो भन्ने मलाई लागेको छ ।’

आज भन्दा तिन बर्ष अघि पुर्व मेयर सोमनाथ सापकोटा , वडा नम्वर ७ का तत्कालिन वडाध्यक्ष प्रकाश काफ्ले, वडा ८ का तत्कालिन वडाध्यक्ष नारयण सापकोटा जापनको उक्त नगरपालिकामा सद्भावपुर्ण भ्रमणमा पुगेका थिए । त्यस्तै वामी घर भई जापनामा विभिन्न ब्यसाय गरेर बस्ने रोशन केसी, सुरेश केसी, भुषण घिमिरेले पनि यी दुई नगरपलिका बिच सद्भावपुर्ण भ्रमण गराई भगिनी सम्वन्ध स्थापना गराउने भुमिका खेलीरहेको प्रति मेयर खरेलले धन्यवाद दिएका थिए ।

कार्यक्रमा जापनमै पढेर आएका प्राध्यापक डाक्टर ताराप्रसाद सापकोटाले गुल्मीमा कफी उत्पादनबारे जापानी पाहुनाहरुलाई अवगत गराएका थिए ।समहोराको पानसमा दिपप्रजलन गरी बुङ्गोओना सिटीका मेयर फुमितोशी खबानोले उद्घाटन गर्दै खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा उपप्रमुख गंगा श्रेष्ठ, पुर्वमेयर सोमनाथ सापकोटा , प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवर, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधी र मुसिकोट नगरपालिकाका बुद्धिजिवीहरुको सहभागिता थियो ।

समारोमा दुबै मेयरले मायाको चिनो आदान प्रदान गरेका थिए। मेयर खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्यस नगरपालिकाका कर्मचारी बिष्णुप्रसाद खरेलको सहजिकरण रहेको थियो । यसैबीच उनै जापानिज जनप्रतिनिधिहरुले आँपचौरमा रहेको कफी बगानको अवलोकन समेत गरेका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad