Advertisement
विज्ञापन

पूर्वी नवलपरासीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु



Advertisement
विज्ञापन

पूर्वी नवलपरासीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।आइतबार बिहान साढे ११ बजे बोलिङटार गाउँपालिका मालडाँडाबाट कावासोती जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलले जानकारी दिए।

उनका अनुसार ७ जना सवार उक्त गाडीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। देवचुली नगरपालिका-९ स्थित एस-मोडमा चालकले गाडी घुमाउन नसक्दा घरमा गएर ठोक्किएको डिएसपी पौडेलले बताए। ‘तिव्र गतिका कारण दुर्घटना भएको देखिन्छ। घुम्तीमा घुमाउन नसकेर घरमा गएर बजारिएको छ,’ उनले भने।


Advertisement
Advertisement

मृतक तीन जना महिला र तीन जना पुरूष छन्। एक जना गम्भीर घाइतेको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ।मृतकहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ। समितिमार्फत गाडीका चालक छनबहादुर आले रहेको खुलेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement