भन्सार छलि गरेर १ करोड मुल्य बराबरको फूल र माला ल्याएको आशंकामा बरामद गरिएको फूल र माला ‘बैध’ बनाइएको छ ।रूपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरबाट बरामद भएको करोड बराबरको फूल र माला नेपालमै उत्पादन भएको दाबी गर्दै कोल्ड स्टोर सञ्चालकले प्रहरीलाई बिल बुझाएका छन् ।