लुम्बिनी प्रादेशिक अस्पतालको कार्यसम्पादनमा सुधार
२१४६
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कार्यसम्पादनमा सुधार देखिएको छ । अस्पतालले गरेको सुधारलाई आधार मानेर गत वर्षको तुलनामा एक अङ्क वृद्धि गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै प्रदेशका १३ वटा अस्पतालहरू मध्ये लुम्बिनी प्रादेशिकले ७० दशमलव ३६ अङ्कसहित तेस्रो स्थान हासिल गर्न सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जानकारी दिए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले अस्पताललाई प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएकोमा प्रमाणपत्रसहित सम्मान गरेका छन्
।अस्पतालले पछिल्लो आर्थिक वर्ष २०८९। ८०मा ३ लाख २ हजार ६९६ सेवाग्राहीलाई बहिरङ्ग स्वास्थ्य उपचार उपलब्ध गराइएको छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा १५ हजार ७०२ ले बढी रहेको अस्पताले जनाएको छ ।