Advertisement
विज्ञापन

लुम्बिनीका कर्मचारीले ३ दिनकाे तलब भूकम्प पीडितलाई दिने



Advertisement
विज्ञापन

लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले जाजरकाेट, रुकुम पश्चिमलगायत क्षेत्रका भूकम्प पीडितलाई राहत दिने भएका छन् ।प्रदेशमा कार्यरत सबै कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको तलब भूकम्प पीडितलाई दिने निर्णय भएकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए।

बुधवार बसेको सचिवस्तरीय निर्णयअनुसार ११ औँ तह वा त्याेभन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैटाैँदेखि १० औँ तह वा त्याे सरहसम्मका कर्मचारीले दुई दिनको तथा सहायक स्तर र तहविहीन कर्मचारीले एक दिनको तलब भूकम्प पीडितलाई दिने भएका हुन् ।


Advertisement
Advertisement

कर्मचारीले दिने रकम कर्णाली प्रदेश सरकारको विपद‍् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय भएकाे प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन्।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad