Advertisement
विज्ञापन

डेंगु सङ्क्रमितको सङ्ख्या ४६ हजार नाघ्यो, हालसम्म २० जनाको मृत्यु



Advertisement
विज्ञापन

काठमाडौँ ।पछिल्लो समयमा डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सङ्क्रमितको सङ्ख्या ४६ हजार नागेको छ । हालसम्म ७७ जिल्लाका ४६ हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको हो ।

सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १६० जनामा पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै, तनहुँमा २५ दिन यता सङ्क्रमितको सङ्ख्या बढेर ६ हजार ८११पुगेको छ । त्यसपछि झापामा ३ हजार ७४१ पुष्टि भएको छ । धादिङमा ३ हजार २३२ जनामा सङ्क्रमण भएको छ ।


Advertisement
Advertisement
Advertisement

यस्तै कास्की २ हजार ७०५ जना, मोरङ २ हजार ३०५ जना, काठमाडौँमा १ हजार ५६९ जनामा सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । यसैगरी संखुवासभामा ७२४, गोरखामा ७०३ जना र कैलालीमा ६९० जनामा सङ्क्रमित भएको बताइएको छ ।  सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा  २४ हजार ७८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समयमा गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढेको छ । गण्डकीमा ११ हजार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  यसपछि बागमती प्रदेशमा ६ हजार ४८९ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ४६६, लुम्बिनी प्रदेशमा १ हजार ८, मधेस प्रदेशमा ६९७, कर्णाली प्रदेशमा १९७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad