Advertisement
विज्ञापन

सार्वजनिक शौचालय नहुदा यात्रुहरु लगायत स्थानिय बासिन्दालाई समस्या



Advertisement
विज्ञापन

पाल्पा ।प्राचीन नगरी तानसेन बजार परापुर्व कालदेखि नै स्वच्छ र वातावरणीय रुपमा परिचित छ । पछिल्ला दिनहरुमा तानसेन आन्तरिक तथा बाह्य पर्यटकको लागि मुख्य गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ । पहाडको रानी भनिने नगरको बसपाक मै सार्वजनिक शौचालय छैन भन्दा सबैलाई अचम्म लाग्ला ।

यही बसपार्कदेखि गुल्मी, अर्घाखाँची, बाग्लुङ जिल्लालाई गन्तव्य बनाएका ठूलो सख्याका यात्रुहरु हुन्छन् । तर उनीहरु शौचको आवस्था आई परे होटलहरुको भर पर्नुपर्ने वाध्यता भएको स्थानीयहरु बताउँछन् ।


Advertisement
Advertisement
Advertisement

“बसपार्कमा उत्रिएका यात्रुहरु शौचालय जान आत्तिन्छन्, तिनीहरुलाई कहाँ पठाउने, दैनिक रुपमा यस्ता यात्रुहरुले हाम्रो शौचालय प्रयोग गर्दछन्, जसले गर्दा आफनो शौचालय सार्वजनिक जस्तै भएको छ”–स्थानीय किरण चित्रकार भन्छन् । “यतिबेला पर्यटक आउने समय हो । आन्तरिक पर्यटकको समेत भिड लाग्दछ । कुनै दिन सय जना भन्दा बढीलाई सहयोग गर्नु पर्दछ । पानीको समस्या भएको ठाउँमा त समस्यै हुँदो रहेछ”– उनले भने ।

“बाहिरबाट आएका आन्तरिक तथा वाह्य पर्यटकको सवारी साधनको पार्किङ गर्ने भनेको टँुडीखेल नै हो । एउटा बसमा ३० देखि ४० जना सम्म आउँछन् । उनीहरुले हाम्रो शौचालय

प्रयोग गर्दछन् । मानवीय धर्म सम्झेर शौचालय प्रयोग गर्न दिनु पर्दछ तर तानसेनमा पानीको त काकाकुल नै हो । धारामा पानी नआउँदा समस्या नै हुन्छ”–स्थानीय रोमकान्त न्यौपाने भन्छन् ।

यो समस्या अहिले सृजना भएको होइन पुरानै हो । नागरिता, राहदानी वा अन्य प्रशासनिक कामका लागि आएका वा बिरामी भएर औषधी गर्न गर्नका लागि होस्, जो केहीलाई पनि यस्तै समस्याले सताउने गर्दछ । तानसेन बजारको मुख्य मुख्य स्थानमा शौचालय नभएका कारण तानसेन आउनेलाई उत्पन्न हुने समस्या पुरानै भएको स्थानीय माधव पाण्डे बताउँछन् । “प्रयाप्त मात्रामा पानी भएका कारण केही हुँदैन थियो, यहाँ त ट्याङ्करले धानेको छ पानी । स्थानीय सरकारको जिम्मेवारी होटल व्यवसायीले पूरा गर्नु परेको छ”–उनले भने ।

नगर सरकारले सार्वजनिक शौचालय निर्माण गरेको दावी गर्दै आएको छ । यस अगाडि निर्माण भएका सार्वजनिक शौचालयहरुको नाम निसाना नै छैन । टुँडीखेलमा नगर सरकारद्वारा निर्मित शौचालयका विषयमा यस क्षेत्रका लागि मात्र जानकारी छ । अन्यत्रको पनि यस्तै हो । जहाँ आवश्यकता हो त्यहाँ छैन । अर्कोतर्फ यस विषयमा कुनै पनि निकायको ध्यान नपुगेको हो । बजारमा बसोबास गर्नेलाई समस्या नै हँुदैन ।

वडा अध्यक्ष सागर महर्जन भन्छन्, “बसपार्कमा सार्वजनिक शौचालयको आवश्यकता हो । यसै आर्थिक वर्षमा आवशयकता र चाहना अनुरुप वडाकै बजेटमा भएपनि निर्माण गरिने छ ।” बजारमा चोक चोकमा सार्वजनिक शौचालयको आवश्यकता रहेको उनी बताउँछन् । महर्जन् भन्छन्, “यसको लागि नगर सरकारले नै पहल गर्नु पर्दछ । वडाको वजेट सीमित हुन्छ अर्कोतर्फ समुदायले पनि जिम्मा लिनु पर्दछ ।” पानीको समस्याका कारण सार्वजनिक शौचालयको समस्या भएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad