Advertisement
विज्ञापन

अर्घाखाँचीका चोकचोकमा ट्राफिक नियमको बारेमा सचेतना गराउदै ट्राफिक प्रहरी



Advertisement
विज्ञापन

अनिल नेपाली, अर्घाखाँची । ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाका मुख्य चोेकचोकमा ट्राफिक नियम सम्वन्धी यात्रु र सर्वसाधारणलाई ट्राफिक नियमको बारेमा सचेतीकरणको अभियान तिब्र रुपमा चलाएको छ ।जिल्लामा सुरुमा प्रहरी देख्दा डराउने सर्वसाधारण जनता अहिले प्रहरीको उच्च प्रशासा समेत गर्न थालेका छन् ।

प्रहरीले सर्वसाधारण जनता मात्र नभई अरुलाई समेत ट्राफिक नियमको बारेमा यात्रु र जनतालाई सचेतीकरण गरेको छ । मगलबार बिहान सदरमुकामको व्यबस्त चोक भक्तिटोलामा २०० जना यात्रु र सर्वसाधारणलाई  जम्मा गरेर चाडपर्वको बेलामा सवारीसाधनमा हुने चापचाप ट्राफिक नियम तिब्र गतिमा गाडी चलाउनाले हुने


Advertisement
Advertisement

क्षति भाडामा मनपरी तन्त्र सिट क्षमता भन्दा बढी यात्रु राख्दा हुने क्षति लगायतका बारेमा प्रशिक्षण दिदै कुनै समस्या परेको खण्डमा १०० र १०३ मा जानकारी गराउनको लागि ट्राफिक प्रहरी सहायक हल्वदार विष्णु केसीले सर्वसाधारणर्व सबैलाई अनुरोध गदै ट्राफिक प्रहरीको नियम सबैले पालना गर्नुपर्ने बताए ।

कार्यक्रममा ट्राफिक प्रहरीको नियम पालना गर्नाले सर्बसाधारण सबैलाई फाईदा हुने बताउदै ट्राफिक नियमको बारेमा सबै जनता सचेत हुनुपर्ने बताए । ट्राफिक प्रहरीले जिल्लाका अधिकाश स्थानमा ट्राफिक नियमको बारेमा जानकारी गराएको ट्राफिक कार्यालय प्रमुख हरि ब केसीले बताए



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement