Advertisement
विज्ञापन

नेप्सेमा दोहोरो अंकको वृद्धि



Advertisement
विज्ञापन

 काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको छ । कुल १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने १२ को स्थिर रह्यो ।

सोमबार कारोबार खुलेदेखि नै बजार बढेको हो । दिनभर कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।


Advertisement
Advertisement
Advertisement

यस दिन होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.७३ प्रतिशत बढ्यो । नेपालमा पर्यटकको संख्या बढेकाले होटलहरुको वित्तीय विवरण राम्रो आउने आशमा लगानीकर्ता यस क्षेत्रमा आकर्षित देखिएका छन् । होटलमा पनि सोल्टीको मूल्य ५.८ प्रतिशत बढ्यो भने सिटी होटलको ५.६, ओरियन्टल होटलको ३.८८ प्रतिशत मूल्य बढ्यो ।

होटलका अलवा अरु सबै क्षेत्रका उपसमूह बढेका छन् । बैंकिङ ६, विकास बैंक ४२, फाइनान्स १३, होटल तथा पर्यटन १८१, जलविद्युत् २५, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ६६, लघुवित्त ९, निर्जीवन बीमा २२१, अन्य २६ र ब्यापार उपसमूह ६९ अंक बढे ।

यी हुन् मूल्य धेरै बढेका र घटेका कम्पनी

यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशत बढ्यो । त्यस्तै आशा लघुवित्तको ६, दिव्यश्वरी हाइड्रोपावरको ५.८८, माइखोला हाइड्रोपावरको ५.८, सोल्टी होटलको ५.८, नेपाल रिपब्लिक मिडियाको ५.८, मेन्छियाम हाइड्रोपावरको ५.७, सिटी होटलको ५.६ प्रतिशत मूल्य बढ्यो ।

लक्ष्मी लघुवित्तको मूल्य भने ४.२ प्रतिशत घटेको छ । त्यस्तै विन नेपाल लघुवित्तको ३.९९, एनआईसी एसिया लघुवित्तको ३.९१ तथा मायाखोला हाइड्रोपावरको मूल्य २.४ प्रतिशत घट्यो ।कारोबार रकमका आधारमा भने सोल्टी होटल, सोना सिमेन्ट, हिमालयन बैंक संस्थापक, हाथवे इन्भेस्टमेन्ट तथा मञ्जुश्री फाइनान्स क्रमशः अगाडि रहे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad