Advertisement
विज्ञापन

बलात्कारपछि १५ वर्षीया किशोरीको हत्या गर्ने एक पक्राउ



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा १५ वर्षीया किशोरीकाे बलात्कारपछि हत्या भएको छ । शुक्रबार जिल्लाकाे चन्द्रकाेट गाउँपालिका वडा नम्बर ४ स्थित हुग्दी खाेलामा मृत अवस्थामा किशोरीकाे शव फेला परेको थियो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशाेर प्रधानले नाम परिवर्तन ४६ चन्द्रकाेट ५ मृत अवस्थामा फेला परेको जानकारी दिए । उनका अनुसार, जस सम्बन्धी अनुसन्धान गर्ने क्रममा एक जनालाई पक्राउ गरिएकाे छ ।

घटनामा संलग्न भएको आराेपमा बाँकेको खजुरा गाउँपालिका घर भई हाल चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीया रहिस खाँलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । उनले पक्राउ गरिएका खाँलाई गुल्मी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुर गरेको मुद्दामा पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको बताए ।


Advertisement
Advertisement
Advertisement

बलात्कारपछि हत्या भएकी नाम परिवर्तन ४६ चन्द्रकाेट ५ काे स्थायी घर बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ हो । उनी आमासँग काेठा भाडामा गुल्मीको चन्द्रकाेट बस्दै आएकी थिइन् । उनको शव स्थानीय हुग्दी खाेलामा नग्न अवस्थामा फेला परेको थियो ।

केही दिनदेखि चन्द्रकाेट गाउँपालिकामा मृतक किशोरीकाे न्यायका लागि सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै आन्दोलन भइरहेको छ । पक्राउ गरिएका खाँलाई थप अनुसन्धान गरेर पुष्टि भएपछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad