Advertisement
विज्ञापन

भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न स्थानीयको तीव्र दबाब



Advertisement
विज्ञापन

बुटवल । नेपाल वायुसेवा निगमले साताको एक दिन मलेसियाबाट भैरहवामानसम्म उडान गर्ने गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हप्ताको एक दिन यही एक मात्रै अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए, यो विमानस्थल ।

नेपालको दोस्रो व्यावसायिक अन्तर्राष्ट्रिय विमानस्थलको भनिएको यो विमानस्थलमा  नियमित हुनुको साटो अन्तर्राष्ट्रिय उडान बेला बेला बन्द हुने गरेको छ । हाल राष्ट्रिय ध्वजावाहकले विमानले पनि साताको एक दिनमात्रै उडान गर्दा स्थानीयवासीले अपेक्षा गरेअनुसार विमानस्थल सञ्चालनमा सरकारले ध्यान नदिएको गुनासो गरिरहेका छन् ।


Advertisement
Advertisement
Advertisement

उनीहरूले अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरिरहेका छन् । विभिन्न निकाय मार्फत सरकारलाई दबाब पनि दिएका छन् तर विमान कम्पनीहरूले यात्रु नभएपछि उडान रोक्नु परेको बताउँछन् ।   उद्घाटनका दिन नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुवेतबाट आएको जजिरा एयरवेजको जहाज विमानस्थलमा अवतरण गरेका थिए। जजिरा एयरवेज झन्डै ६ महिना र त्यसपछि हिमालय एयरलाइन्सले पनि केही महिना यहाँबाट उडान गरेको थियो।
उनीहरूले यात्रु नपाएको भन्दै बन्द गर्दा केही महिना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प भयो । त्यसपछि  नेपाल वायुसेवा निगमको विमान मलेसिया  भैरहवा सातामा एक दिन ल्याउने निर्णय गरियो । यसले हालसम्म २१ उडान भरेको छ । तर, यो उडानले मात्रै व्यवसायी तथा अन्य सरोकारवालाहरू सन्तुष्ट छैनन् । नियमित उडान नहुने र निजी कम्पनीले पनि नयाँ उडान गर्न रुचि नदिँदा विमानस्थलको निर्माणको लगानी नै जोखिम जानसक्ने आकलन गरिँदै छ ।

लुम्बिनी प्रदेश योजना आयोग सदस्य डा दामोदर भुसालले गौतम बुद्ध विमानस्थलमा निजी विमान कम्पनी  उडान नगर्नु र ध्वजावाहक विमानको उडान  पनि नियमित गर्न नसक्नु निकै लाजमर्दो विषय भएको बताउँछन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई नै लक्षित गरी निजी क्षेत्रको अर्बौँको लगानी भएको छ। विमानस्थल निर्माण गर्दा पनि सरकारले अर्बौँको लगानी गरेको छ । ती दुवै लगानी जोखिममा पर्ने सक्ने उनको भनाई छ ।

अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि खुसी भएका यहाँका पर्यटन व्यवसायी तथा अन्य सरोकावारवाला अहिले  विमानस्थल अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा चिन्तामा रहेको टुर तथा ट्राभल एजेन्ट (नाटा) लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारी बताउँछन् ।

आन्दोलनको मुडमा स्थानीय संघसंस्था 

विमानस्थल नियमित सञ्चालनको लागि  यहाँ  पछिल्लो समय निजी र सामाजिक संघसंस्थाका गरी ३२ वटा संस्था आबद्ध सिद्धार्थ सञ्जाल रुपन्देही गठन गरी आन्दोलन घोषणा गरेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए।

उनले आफूहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री, विभागीय मन्त्रीदेखि प्रधानमन्त्री सम्मलाई ज्ञापनपत्र बुझाएको बताउँदै फेरि काठमाडौँ पुगेर प्रधानमन्त्रीलाई  भेट्ने, नभए कडा आन्दोलनमा जाने योजनामा रहेको बताए । उनले आन्दोलन गर्दा आन्तरिक उडानसमेत रोक्ने चेतावनी दिए ।

सरकारले  जसरी भए पनि  नियमित गर्नुपर्ने आफूहरूको माग रहेको बताउँदै सञ्जालका महासचिव सञ्जय बजिमले आन्दोलन गर्दा ट्राभल एजेन्सीले टिकट नकाट्ने र आन्तरिक उडान रोक्नको लागि सहयोग  गर्ने प्रतिबद्धता जनाएको बताए । ज्ञवालीका अनुसार विमानस्थल बनाउन मुआब्जासहित करिब ४० अर्ब लगानी र विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट पाँचतारेसहित तारे होटेल र अन्य व्यवसायमा झन्डै ८० अर्ब लगानी भएको छ ।

के भन्छन् विमानस्थल अधिकारी ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले अहिले नियमित उडानको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले दिएको ज्ञापनपत्रप्रति सरकार गम्भीर रहेको बताए।उनले नियमित उडान गर्न निजी क्षेत्रले मात्रै नसक्ने भएकोले सरकारी पक्षले कसरी सहयोग गर्दा नियमित उडान हुन सक्छ भन्ने प्रधानमन्त्री, पर्यटन मन्त्रीलगायत पटक पटक छलफल गरेको रातोपाटीलाई बताए ।

उनले विमानस्थल नियमित हुनु भनेको बजारमा पनि निर्भर पर्ने विषय भएकोले माग हुनसाथ निजी कम्पनी र वायुसेवा निगमले उडान थपको लागि गाह्रो नहुने बताए ।निगमले प्रत्येक साताको मंगलवार उडान गरेको २१ पटक भएको छ । तर त्यसमा अकुपेन्सी २०/२५ प्रतिशत पनि नपुगेको अवस्था छ । यी २१ उडानमा सबैभन्दा धेरै मलेसियाबाट आएका ६१ जना यात्रु रहेका छन् । नयाँ यात्रुको खोजी र पर्यटक ल्याउनको लागि निजी क्षेत्रले पनि साथ दिनुपर्ने देखिन्छ । तबमात्रै विमान नियमित चल्ने देखिन्छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad