Advertisement
विज्ञापन

बुटवलमा पौराणिक भैरव नाच प्रदर्शन



Advertisement
विज्ञापन

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बुटवलको कालिका पथमा पौराणिक भैरव नाच प्रर्दशन गरेको छ । अर्घाखाँची नेवा समाजको सहकार्यमा आइतबार साँझ भैरव नाच प्रर्दशन गरेको हो ।

नाँचको शुभारम्भ गर्दैसंघका प्रमुख सल्लाहकार माधव नेपालले हाम्रो देश बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक भएको भन्दै यसको प्रचारप्रसार र संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले आगामी दिनहरुमा आफूहरु यो अभियानमा सहकार्य गर्दै ब्यवस्थित रुपमा आयोजना गर्ने प्रतिवद्घता जनाए ।


Advertisement
Advertisement
Advertisement

संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले लोपोन्मुख नृत्यलाई जगेर्ना र ब्यवसायिक रुपमा अघि बढाउन जरुरी रहेको बताए । पर्यटकलाई आर्कषित गर्ने गरि थप सहकार्य गर्न आफूहरु तयार रहेको उनले बताए ।

सम्पर्क समाजका अध्यक्ष बाबुराम श्रेष्ठले तान्त्रिक विधिबाट पनि यो नाच महत्वपूर्ण रहेको बताए । यो नृत्यमा रक्तभैरव, स्वतभैरव, कालभैरव र एक परि गरि चार जना कलाकारहरुले बाजाको ७ तालहरुमा आर्कषक नृत्य गर्ने उनले जानकारी दिए ।

नेवाः समुदामयमा दैवीप्रकोप रोक्न भैरवको पूजा गर्न अनिवार्य मानिन्छ । काठमाडौं उपत्यकाका बिभिन्न टोलहरुमा मानिसहरुलाई रोगब्याधी नहोस् र देशमा शान्ति होस भन्ने कामनाका साथ प्रत्येक वर्ष यो नृत्य आयोजना गरिने प्रचलन रहेको छ ।

संघका अध्यक्ष लेखनाथ भण्डारीले रुपन्देहीमा भित्रने पर्यटकलाई हाम्रो आफ्नै कला, संस्कृति र मौलिक परम्पराहरुबाट जोड्ने गरि कार्यक्रम चलाउने योजना अनुसार अभियान शुरु गरिएको जानकारी दिए । बुटवल कालिकापथको इट्टाभट्टीमा प्रदर्शन गरिएको नृत्यमा ठूलो संख्यामा दर्शकहरु उपस्थित भएका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad