Advertisement
विज्ञापन

मकैको ८ वटा नयाँ जात सिफारिस



Advertisement
विज्ञापन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न बाली अन्र्तगत पर्ने मकैको नयाँ ८ वटा जात सिफारिस गरेको छ ।

कार्तिक १६ गतेको मन्त्रीस्तरीय बैठकले भारतमा विकास भएका मकैका वर्णशंकरको ८ वटा नयाँ जात सिफारिस गरेको हो ।  मकैका वर्णशंकर जातहरु ३४९९, एम वि एस ११५५, एन एस एच ८३९२, टि एम एम एच २८५८, आर एम एच ५६७,  सुपर ९०९० , सिरी ४४५६ र सुपर किङ्ग ४४५५ सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

यो मकैको उत्पादन क्षमता प्रतिहेक्टर ८ दशमलब ४२ मेट्रिक टन देखि ९ मेट्रिक टन छ । यो बाली लगाएको एक सय ६५ देखि एक सय ८३ दिनमा तयार हुन्छ । मकैका यी वर्णशंकर जातको बाली समुन्द्री सतहदेखि सात सय मिटर उचाईमा र तराईदेखि भित्रि मधेशका क्षेत्रमा खेती गर्न सकिने मन्त्रालयले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad