Advertisement
विज्ञापन

पाल्पामा संरक्षणका लागि सम्वाद कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

पाल्पा । संरक्षणका लागि सम्वाद कार्यक्रम सम्पन्न फ्रान्सेली नागरिक शिल्पि,युराेपियन वन संरक्षण समितिकी सदस्य रहेछिन् । उनी घुम्दैफिर्दै लेखक तथा पत्रकार ददि सापकाेटासँगै सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाले आयाेजना गरेकाे “संरक्षणकाे लागि सम्वाद कार्यक्रम”मा वन,वातावरण र जैविक विविधता संरक्षणका विषयमा आफ्ना विचार प्रस्तुत गर्न शनिवार दाेभान आईपुगेकी थिईन ।

उनले आफ्नाे देशमा प्राकृतिक वन नभएकाे कारण जैविक विविधता पनि कम रहेकाे बताउँदै नेपालकाे वनबाट आफू बढी प्रभावित भएकै कारण अहिलेसम्म आठपटक वन,वातावरण ,जैविक विविधता र सामाजिक विषय अध्ययन गर्न नेपाल आईपुगेकाे बताईन् । आफ्नाे देशकाे वन संरक्षण गर्न वनसम्बन्धि निगम र सरकारले नै पहल गरेकाे बताउँदै नेपालकाे वन संरक्षणमा सामुदायिक वन उपभाेक्ता समूहकाे भूमिका उल्लेखनीय रहेकाे बताउँदै वनलाई समुचित प्रयाेग गर्नुपर्नेमा जाेड दिईन्  ।


Advertisement
Advertisement
Advertisement

वनकै कारण मानव लगायत सबै जीवजनावर र पशुपंक्षीहरु जीवित रहन सम्भव भएकाेले यसकाे संरक्षणमा समूहका उपभोक्ताहरुलाई थप जागरुक बनाउनु पर्नेमा जाेड दिईन् । उनकाे दाेभासेका रुपमा पत्रकार अनुराधा पाैडेलले सहयाेग गरेकी थिईन । साथै नेपालकाे वन पर्यापर्यटनका निम्ति उपयुुक्त रहेकाे बताउँदै यसलाई समूहहरुले आयआर्जनकाे बाटाे बनाउनु पर्नेमा लेखक तथा पत्रकार ददि सापकाेटाले बताए । नेपालकाे सामुदायिक वन उपभाेक्ता समूहहरु विश्वकै लागि नमूना समेत भएकाे सापकाेटाले बताए ।

वन,वातावरण र जैविक विविधता संरक्षणमा कलम चलाउँदै आएका उनले सन् २००२ देखि फ्रान्समा रहेर पत्रकारिता गर्दै आएका छन् । नेपालका वन पैदावर यसै खेर गईरहेकाे तर फर्निचरका सामग्री बाहिरी देशबाट आयत गर्ने देशले वनका सन्दर्भमा विशेष परियाेजना निर्माण गरेर फ्रान्ससँग प्राविधिक एवम् आर्थिक सहयाेग लिन सक्ने बताए । पत्रकार अनुराधा पाैडेलले नेपालका उत्पादनलाई वजारीकरण गर्न आफ्ना बस्तुका बारेमा बताउन नसक्नु नै मुख्य कमजाेरी रहेकाे बताईन् । नेपालमा पाईने वनस्पति ,जडिबुटीहरुका नाम र कामका बारेमा बुझाउन नसक्दा वनका उपभाेक्ताहरु मारमा परेकाे उनले सुनाईन ।

फ्रान्समा बसेर नेपाली वस्तुहरुका बारेमा वकालत गर्दै आएकाे समेत उनले सुनाईन् । कार्यक्रममा कृषिविज्ञ् बाेमबहादुर थापामगरले तिनाउमा उत्पादन हुने फलफूल र तरकारीका बारेमा स्थलगत अध्ययन गर्न आफू ईच्छुक रहेकाे बताउँदै फिल्ड अवलाेकनपछि समन्वय समितिकाे सहयाेगमा विषयगत प्रस्तुतीकरण गर्ने बताए । उक्त कार्यक्रममा भूतखाेला सामुदायिक वन उपभोक्ता  समूहकी अध्यक्ष दिलकुमारी राेका मगरले आफूहरुले वनप्रतिकाे निर्भरता घटाउँदै आम्दानी बढाउन च्याउ खेती थालेपनि उचित बजार र मूल्य पाउन नसक्दा मर्कामा परेकाेले समन्वय समितिले आवश्यक सहयाेगका लागि हातेमालाे गर्न अनुराेध गरिन् ।

प्रश्नद्वारा परिवर्तन सम्भव छ भनेर नै याे कार्क्रममकाे थालनी गरेकाे समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए । प्रश्नाेत्तर विधिबाट जिज्ञासा मेटिनेमात्र हाेईन समस्याकाे समाधान खाेज्न समेत सम्भव भएकाे अध्यक्ष गुरुङले बताए । प्रत्येक तीन महिनामा यस्ताे कार्यक्रमकाे आयाेजना गर्ने र त्यस कार्यक्रम नितान्त अनाैपचारिक तरिकाले सञ्चालन गरिने कार्यक्रमका संयाेजक दिनेश जीसीले बताए।

वन,वातावरण र जैविक विविधता संरक्षण विषयमा केन्द्रीत रही याे कार्यक्रम सञ्चालन गरिने समेत उनले जानकारी दिए । उक्त कार्यक्रम तिनाउ क्षेत्र र समन्वय समितिकाे आयाेजनमा पहिलाे पटक सुरु गरिएकाे समन्वय समितिका पूर्वअध्यक्ष एवम् सल्लाहकार राजेश श्रेष्ठले बताए । साे कार्यक्रममा समन्वय समितिका कार्यसमिति,पर्यावरण समाजका केन्द्रीय अध्यक्ष गंगा पाेखरेल,सचिव कृष्ण गाउँले लगायत विशिष्ट व्यक्तित्वहरुकाे सार्थक सहभागिता थियाे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad