Advertisement
विज्ञापन

लुम्बिनीमा विद्युतीय सवारी साधन प्रयोग नै नभई ब्याट्री डाउन, थन्किएरै थोत्रिए सवारी साधन



Advertisement
विज्ञापन

लुम्बिनीलाई प्रदुषणरहित बनाउंदै पर्यटकको सुविधाका लागि भनेर ३ वर्षअघि ल्याइएका विद्युतीय सवारीघाम तापेरै थोत्रिएका छन ।३६ महिनाअघि एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा आएका १९ वटा विद्युतीय बस र भ्यान प्रयोगमा नआई खुला आकाशमुनि थन्किएर थोत्रिएका हुन ।बसका ठूला–ठूला शिशा फुटेका छन ।

टायर पञ्चर हुनुका साथै सीट च्यातिएका छन भने रंग पनि खुइलिएको छ । गाडीका ब्याट्री समेत चार्ज हुन छाडेका छन ।संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत लुम्बिनी ल्याइएका बस लुम्बिनी विकास कोषको कार्यालय परिसर बाहिर ३ बर्ष देखि थन्किएको अवस्थामा छन् । ५ वटा बस र १४ वटा भ्यान थन्किएरै बिग्रिने अवस्थामा पुगेका हुन ।


Advertisement
Advertisement
Advertisement

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले सरकारको नीतिगत निर्णयलाई ब्युरोक्रेसीले नमान्दा गाडी चल्न नसकेको बताए ।यातायात व्यवस्था कार्यालय (सवारी) का अधिकृत पुष्पराज पाण्डेले मन्त्रिपरिषदले गाडी चलाउने भन्दैमा सेतो नम्बर प्लेटलाई हरियोमा परिवर्तन गर्ने निर्णय गरे पनि नियमावली नहुंदा दर्ता गर्न नसकिएको बताए ।

यी विद्युतीय सवारी नेपाल भित्र्याउंदा मात्रै ३ करोड ५० लाख बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको छ ।यिनै सवारी साधनका लागि भनेर लुम्बिनीमा १३ करोड ९० लाख रूपैयां लगानीमा चार्जिङ स्टेसन समेत बनिसकेका छन ।१७ स्थानमा चार्ज गर्ने व्यवस्था छ । चल्ने अवस्था नदेखिएपछि भ्यान÷कार विकास कोषका कर्मचारीले रजाइं गरेका छन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad