Advertisement
विज्ञापन

अर्घाखाँचीमा पत्रकार महासंघ द्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

सन्धिखर्क। अर्घाखाँचीका घुम्न लायक धेरै ठाउँहरु प्रचारप्रसारको कमीले ओझेलमा परेका छन् । पर्यटकीय क्षेत्रको प्रचारप्रसार नहुँदा जिल्लामा पर्यटन व्यवसाय ओझेलमा परेको हो । यी र यस्तै समस्याको समाधानका लागि नेपाल पत्रकार महासंघ अर्घाखाँचीले पर्यटन प्रबर्द्धन सम्बन्धि अभियान चलाउने तयारी थालेको छ ।

महासंघले बुधबार सन्धिखर्कमा पर्यटन प्रबर्द्धन विषेश अभियान संचालनका लागि संचारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । महासंघले मंसिर ७ गते अभियानको उद्घाटन गरेर देशका प्रमुख शहरहरु तथा छिमेकी देशका केही ठाउँमा समेत जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार सँगै अन्तरक्रिया गर्ने तयारी रहेको नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

पर्यटन प्रबर्द्धनमा पत्रकारको भुमिका महत्त्वपूर्ण रहेको जिल्ला समन्वय प्रमुख जीव नारायण कोइरालाले बताए । पत्रकार महासंघ अर्घाखाँचीले गर्न लागेको यस पर्यटन प्रबर्द्धन सम्बन्धि कार्यक्रम निकै उदाहरणीय रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपाली, लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, महासंघका पुर्व अध्यक्ष शोभाखर पन्थी लगायत जिल्ला स्थित विभिन्न मिडियामा आवद्ध पत्रकार तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रम पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता र सहसचिव हृदय भुसालको संचालनमा सम्पन्न भएको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad