Advertisement
विज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल भोली बुटवलमा आउँदै ,आम्दाको २०० शैया अस्पताल भवन शिलान्यास गर्ने



Advertisement
विज्ञापन

बुटवल। रुपन्देहीको बुटवलमा २०५५ साल कार्तिक १६ गते सञ्चालनमा आएको आम्दा अस्पतालले २५ औं वार्षिकोउत्सव मनाउने भएको छ ।बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले भोली बिहीबार २५ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ । २०५५ कार्तिक १६ गते आम्दा नेपाल, तत्कालिन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय समझदारीमा ५० शैयाबाट अस्पताल सञ्चालनमा आएको थियो ।

भोली बिहीबार मनाउन लागिएको वार्षिकोउत्सवको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्षिकोउत्सव कार्यक्रम उद्घाटन गर्ने अस्पतालका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले जानकारी गराएका छन् ।


Advertisement
Advertisement

वार्षिकोउत्सवकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालको थप २ सय शैया भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको सुभारम्भ गर्नुहुने कार्यक्रम तय भएको अध्यक्ष पाण्डेयले बताए ।उक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खेलराज पाण्डेयले १ सय शैयाको अस्पतालको स्तरोन्नती गरी ३ सय शैयाको अस्पताल बनाउने तयारी भएको बताए । समयको माग अनुसार अस्पतालको स्तरवृद्वि गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिने जानकारी गराए ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित भएकोसमेत अध्यक्ष पाण्डेयले जानकारी गराए ।यसै शैक्षिक सत्रदेखी प्रमाणपत्र तह नसिंङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी भएको उनले बताए ।उनकाअनुसार ३ वटा विषयमा ४०÷४० जनाका दरले १२० जना विद्यार्थीले यस वर्ष अध्ययन गर्ने छन् । विद्यार्थीलाई अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम गरिने छ ।

आर्थिक वर्ष २०७९÷८० मा ७० हजार ४८६ जनालाई सेवा प्रदान गरिएको अस्पतालले बताएको छ । पछिल्लो दशक आर्थिक वर्ष २०७०÷०७१ देखि आर्थिक वर्ष २०७९÷०८० सम्म ६ लाख २१ हजार ९ सय ४२ जना विरामीले अस्पतालबाट सेवा लिएको अस्पतालले जनाएकाे छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement