Advertisement
विज्ञापन

पाल्पामा ७ जना जुवाडे पक्राउ



Advertisement
विज्ञापन

पाल्पा। पाल्पा जिल्लाको तानसेनबाट नगद रकमसहित ७ जुवाडे पक्राउ परेका छन् । शनिवार साँझ तानसेन नगरपालिका–२ बडिज्ञाटोलस्थित एक घरबाट ९२ हजार भन्दा बढी नगदसहित ७ जुवाडे पक्राउ परेका हुन् ।

जिल्ला कार्यालय पाल्पाबाट प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठको नेतृत्वमा खटेको प्रहरी टोलीले बडीज्ञान टोलस्थित एक घरको कोठाबाट जुवाडेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ९२ हजार ४ सय २५ रकम बरामद गरेको छ ।


Advertisement
Advertisement
Advertisement

प्रहरीले लामो समयदेखि जुवाखाल सञ्चालन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ सय २५ पत्ति तास पनि फेला पारेको छ । जुवाडेलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad