Advertisement
विज्ञापन

गुल्मीमा डोजरले फालेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु



Advertisement
विज्ञापन

गुल्मी । दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १४ निवासी ९२ बर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको वडाध्यक्ष धन बहादुर थापाले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर १४ स्थित पराल्मीको टानेटादेखि टापु जाने मोटरबाटो सफा गर्ने क्रममा डोजरले फालेको ढुंगाले लागेर बुधबार दिउँसो साढे १ बजे घटनास्थलमै सुनारको मृत्यु भएको हो । अहिले शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको । घटनामा संलग्न डोजर चालक पाल्पाका अन्दाजी ३२ बर्षिय कृष्ण बहादुर लामिछानेलाई गुल्मी प्रहरीले नियन्त्रणमा लिएको छ ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad