Advertisement
विज्ञापन

गुल्मीमा कर्मचारी संगठनद्वारा शुभकामना आदानप्रदान



Advertisement
विज्ञापन

गुल्मी । नेपाल निजामती कर्मचारी संगठनको आयोजनमा शुभकामना आदानप्रदान सम्पन्न भएको छ । बिजया दशमी, तिहार, नेपाल सम्बत तथा छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री एवम नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली, विशिष्ट अतिथि प्रतिनिधि सभाका सदस्य सूर्य थापा, नेकपा एमाले लुम्विनी प्रदेश सदस्य कृष्ण सुनार, नेकपा एमाले गुल्मीका अध्यक्ष वालसिङ्ग काउछा , सचिव गणेश श्रीपाली, प्रेस चाैतरी पुर्व अध्यक्ष राजेन्द्र अर्याल कर्मचारी संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज दधिराम मरासिनी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम नेपाल निजामति कर्मचारी संगठनका जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भिमलाल खनालको अध्यक्षता तथा लालमणि भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।


Advertisement
Advertisement

प्रमुख अतिथि ज्ञवालीले कर्मचारीमैत्री संघीय निजामति सेवा ऐन ल्याउन पहल गर्ने प्रतिवद्वता व्यक्त गरे।कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपाध्यक्ष श्रीकृष्ण भट्टराईले राखेका थिए। सोही अबसरमा कर्मचारीबाट सेवा निवृत कुल प्रसाद भण्डारी र हरि प्रसाद आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत कार्यालय प्रमुख तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement