Advertisement
विज्ञापन

गुल्मी अस्पतालको प्रमुखमा किशोर बञ्जाडे आएसँगै जाग्यो आशा



Advertisement
विज्ञापन

गुल्मी । गुल्मी अस्पतालको प्रमुखमा किशोर बञ्जाडे आएसँगै थप आशा जागेको छ । लामो समयदेखि नेतृत्व विहिन रहेको गुल्मी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट प्रमुख डा. बरिष्ठ मेडिकल कन्सलटेण्ट मेडिकल जर्नलिस्ट (दशौं तह) डा. किशोर बञ्जाडे आएसँगै थप अब्बल बन्ने आशा जागेको हो ।

डा. बञ्जाडेलाई रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले सोमबार आफ्नै कार्यकक्षमा स्वागत गरे । पन्थीले डा. किशोर नेतृत्वले गुल्मी अस्पतालको स्वास्थ्य सेवासँगै सर्वपक्षीय विकासलाई नयाँ उचाईमा पुग्ने विश्वास लिएको बताए । उनलेे स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल क्षेत्रमा सबैको एकता र साझा सहयोग आवश्यक छ त्यसैले एकताबद्ध भइ सहयोग गर्न संबद्ध सबैलाई अपिल गरेका छन् ।


Advertisement
Advertisement
Advertisement

डा. बञ्जाडे यसअघि कपिलवस्तु अस्पतालको प्रमुख रहँदा लुम्बिनी प्रदेशमै पहिलो तथा देशमै उत्कृष्ट बनाएका थिए । उनको कार्यसम्पादनको चौतर्फी प्रशंसा हुनेगर्दछ । जसका कारण पनि गुल्मी अस्पताल अब्बल बन्ने आशा जागेको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad