आजदेखि नयाँ नोट साट्न पाइने
२२४३
काठमाडौं। आजदेखि नयाँ नोट सटही गर्न पाइने छ ।नेपाल राष्ट्र बैंकले बडादशैँलाई अवसरमा सटही गर्दैछ। विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट साट्न सकिनेछ। वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिनेछ।
एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले हरेक वर्ष बडादशैँअघि नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ। अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ।




