सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो
२०२८
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ३ सय रुपैयाँमा झरेको हो ।
यता चाँदीको मूल्य भने आज तोलामा अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।