Advertisement
विज्ञापन

लुम्बिनी प्रदेशमा कुन जिल्लामा भ्रष्टाचारका उजुरी कति ?



Advertisement
विज्ञापन

रूपन्देही। लुम्बिनी प्रदेशमा सबैभन्दा बढि भ्रष्टाचार रूपन्देहीमा हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय बुटवलका अनुसार रूपन्देही जिल्लामा गत आर्थिक बर्षमा सबैभन्दा बढि उजुरी दर्ता भएका हुन ।

जहाँ प्रदेशका १२ वटा जिल्ला मध्ये सबैभन्दा बढि उजुरी दर्ता रूपन्देहीमा भएका छन् ।भ्रष्टाचारसम्बन्धि उजुरीहरु रुपन्देही जिल्लामा दोब्बरले बढेका छन् । लुम्बिनी प्रदेशका अन्य १२ वटा जिल्लाहरू भन्दा रूपन्देहीमा सबैभन्दा बढी भ्रष्टाचार सम्बन्धि उजुरी दर्ता भएको देखिन्छ ।


Advertisement
Advertisement
Advertisement

रुपन्देहीमा अन्य जिल्लाहरुको तुलनामा झण्डै दोब्बर बढि भ्रष्टाचार र आर्थिक अनियमितताका उजुरी अख्तीयारमा परेका हुन्  ।अख्तियारको बुटवल कार्यालयका अनुसार रूपन्देहीमा ५ सय ८१ वटा उजुरी गत आर्थिक बर्षमा दर्ता भएका थिए । सोही अनुसार कुल ४ सय २१ वटा उजुरी फछ्र्यौट भएका छन् भने अझै १ सय ६० वटा उजुरी बाँकी रहेका छन ।

प्रदेशमा रूपन्देही पछि कपिलवस्तु जिल्लामा पनि उत्तिकै बढी उजुरी दर्ता भएका छन् । प्रदेशमा भ्रष्टाचारसम्बन्धि उजुरी बढी हुने जिल्लाको दोस्रो नम्बरमा कपिलवस्तु रहेको छ ।कपिलवस्तुमा कुल २ सय ९२ वटा उजुरी दर्ता भएकोमा कुल २ सय ३ वटा उजुरी फ्र्यौट भएका छन् भने अझै कपिलवस्तुका ८९ वटा उजुरी बाँकी छन् ।

गत आर्थिक वर्षमा लुम्बिनीमा भ्रष्टाचारसम्बन्धि उजुरीको अवस्था

– नवलपरासी पश्चिममा १ सय ४२ वटा उजुरी दर्ता

– फर्छौट गरिएका उजुरी ८६ वटा

– पाल्पामा १ सय ६२ वटा उजुरी दर्ता

– फर्छौट गरिएका उजुरी १ सय २५ वटा

– गुल्मीमा उजुरी दर्ताको संख्या १ सय २८

– फर्छौट संख्या ८१

– अर्घाखाँचीमा उजुरी दर्ताको संख्या ७५

– फर्छौट गरिएका उजुरीको संख्या ४९

– प्यूठानमा उजुरी दर्ताको संख्या ४४

– फर्छौट उजुरी २९

रुकम , रोल्पा , दाङ लगायतका जिल्लाहरुमा भने निकै कम उजुरी पर्ने गरेका छन् । भ्रष्टाचारका गतिविधि बढ्दो क्रममा रहेको तत्थ्य बाहिरिएपछि स्थानीय अगुवाहरुले सरकारको कामप्रति प्रश्न गरेका छन् ।अख्तियारको कार्यालय बुटवलको गत आर्थिक वर्षको प्रतिवेदन लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाइएको छ ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले दोषिलाई कारबाही हुने बताएका छन् ।देशभरनै भ्रष्टाचार व्याप्त छ । यसरी मौलाएको भ्रष्टाचारले मुलुकमा वेथितिका चाङ थप बढेका छन् । त्यसैले अवस्था सुधारतर्फ सरकारले प्रभाव कदम चाल्नु आवश्यक देखिन्छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad