Advertisement
विज्ञापन

नेपालगञ्जमा भएको आगलागीबाट एक करोड बढीको क्षति



Advertisement
विज्ञापन

नेपालगञ्ज। नेपालगञ्जको बिपिचोक स्थित फर्निचर पसलहरुमा भएको आगलागीबाट एक करोड बढी क्षति भएको छ । ६ वटा फर्निचर पसल र एउटा किराना तथा नास्ता पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको हो ।

शुक्रबार विहान करिब साढे ४ बजे विद्युत तार सर्ट भएर नेपालगञ्ज उपमहानगरपालिका ११ बिपि चोक नजिकै गुरुद्वारको अगाडि महबुद जसगढले सञ्चालन गरेको आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा विद्युतको तार सर्ट हुनगई एक्कासी आगलागी हुँदा सोही पसलको छेउँमा रहेका अन्य ६ वटा पसल पनि जलेर नष्ट भएको बाँके प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार आगलागीबाट नेपालगञ्ज १२ कोरियनपुर बस्ने महाबुद जसगढले संचालन गरेको आलिया ट्रेर्डस, सोही ठाउँ बस्ने मिठ्ठु खान हुसेनले संचालन गरेको मिठ्ठु रिफ्रेसिङ मोटरसाईकल सेन्टर, नेपालगञ्ज १६ जयसपुर बस्ने बारुदिन जोलाहाले संचालन गरेको वारसी काठ फर्निचर, सोही ठाउँ बस्ने अलिहुसेन अन्सारीले संचालन गरेको सनिया स्टिल फर्निचर, नेपालगञ्ज ११ बस्ने सरिफ शेषले संचालन गरेको गिलमान फर्निचर र बर्दिया बढैयाताल गाउँपालिका ६ बस्ने शान्ति चन्दले संचालन गरेको चिन्टु किराना एण्ड नास्ता पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

यसैगरी नेपालगञ्ज १२ बस्ने हरिराम काश्यपले संचालन गरेको श्री लक्ष्मी स्टिल फर्निचर आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ । पसलधनीहरुबाट लिएको जानकारी अनुसार अनुसार अनुमानित करिब एक करोड ३ लाख बराबरको क्षति विवरण प्राप्त भएको घटना स्थलमा भेटिएका बाँकेका प्रहरी नायब निरीक्षक पुस्कर बिकले बताए ।

तर क्षतिको यकिन विवरण पसलधनीले निवेदनमा उल्लेख गरेर पेश गरेपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । प्रहरीको वाटरक्यानल, स्थानीय र दमकलको सहयोगमा विहान ५ः५० बजेको समयमा आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागी भएका सबै पसलहरु कच्ची देवाल र टिनको छानाबाट निर्माण भएका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad