Advertisement
विज्ञापन

गुल्मीमा बिप्लव नेतृत्वको नेकपाले मनायोस्मृति दिवस



Advertisement
विज्ञापन

गुल्मी, असोज २६ । नेत्र बिक्रम सि बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले दिवंगत सहयोद्धाको सम्मानमा स्मृति दिवस मनाएको छ । उनिहरुले सदरमुकाम तम्घासमा दिवस मनाएको हुन ।

स्मृति दिवसमा बोल्दै नेकपा जिल्ला इन्चार्ज खोमा सीले पुरानो संस्कृति सामन्तवादको अर्थराजनीतिक अवशेष भएको बताएका छन् । उनले सामन्तवादका अवशेष र दलाल पुँजीवादी संस्कृति मिलेर हाइब्रीड संस्कृति बनेको बताउदै यसका विरूद्व कम्युनिस्ट संस्कृति जरुरी रहेकोे उद्घोष गरे ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा जिल्ला सेक्रेटरी वसन्त सीले दिवंगत भएर गएका आफन्त एवं अग्रजहरूलाई सम्झिनुको अर्थ उनीहरूले गरेका सकारात्मक योगदानको अनुसरण गर्नु रहेकोे बताए ।

कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य बिनोद सीले गरेका थिए । कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरू, जबस मोर्चाका नेताकार्यकर्ता, स्थानीय पार्टी सदस्य एवं संचारकर्मीहरूको उपस्थिति थियो । नेकपाले गुल्मीमा केन्द्रीय कार्यक्रम अनुसार सी संस्कृति अन्तर्गत स्मृति दिवस मनाएको थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad