Advertisement
विज्ञापन

भारत रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते



Advertisement
विज्ञापन

भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चारजनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन्। बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेसनमा बुधबार राति दुर्घटना भएको हो।

स्थानीय सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै दिल्लीबाट आसामको गुवाहाटी जाँदै गरेको उक्त रेल दुर्घटनामा ८० जनाभन्दा बढी घाइते भएको बताएका छन्। दुर्घटनाको कारण भने अझै पनि थाहा हुन नसकेको अधिकारीहरूले बताएका छन्।


Advertisement
Advertisement
Advertisement

रेल दुर्घटनाले भएको अपूरणीय क्षतिप्रति समवेदना प्रकट गर्दै संघीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारण पत्ता लगाइने बताए। उनका अनुसार दुर्घटनाको भारतीय अनुसन्धान एजेन्सी कन्द्रीय अनसुन्धान ब्युरोले जाँचसमेत गरिरहेको छ।

यसै वर्षको जुनमा भारतको उडिसामा इतिहासकै ठूलो रेल दुर्घटना हुँदा दुई सय ९५ यात्रुको मृत्यु भएको थियो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad