नेपाली काङ्ग्रेस रम्भा गाउँपालिकाकाे प्रथम गाउँपालिका सम्मेलन सम्पन्न
पाल्पा– नेपाली काङ्ग्रेस रम्भा गाउँपालिकाकाे प्रथम गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । उम्मेलनकाे उद्घाटन नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले गर्नु भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका श्रेष्ठले ३ नै तहकाे सरकारले जनमुखी काम गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । संगठनमा क्रियाशिल साथीहरूले इमान्दारीताका साथ जिम्मेवार भइ भुमिका निर्वाह गरे पाटीका साथीहरू जिम्मेवारी भन्दा बाहिर बस्नुपर्ने अवस्था नआउने कुरामा जाेड दिनुभयाे । उक्त सम्मेलनमा नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरे,सचिव सुनिता अधिकारी,महासमिति सदस्य बिधान श्रेष्ठ,क्षेत्र न १ का क्षेत्रीय सभापति झमनराज मगर,जिल्ला सदस्य विश्व अर्याल,सुबि विक,वडा न ३ का वडा अध्यक्ष थमन गाहा,वडा सभापति बिष्णु कामु,नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुवास गैरे,त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका स्वयु सभापति कृष्ण अर्याल लगाएतकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रममा काेषाध्यक्षकाे प्रतिवेदन निर्मला गाहाले प्रस्तुत गर्नुभएको थियाे । भने,सचिव ईश्वर काफ्लेले साङ्गठिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे । कार्यक्रम उपसभापति सुमन पाण्डे स्वागत मन्तव्य र ऋषि अर्यालकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।




