Advertisement
विज्ञापन

अर्घाखाँचीमा सितगङा नगरपालिका को हाइवय क्षेत्रमा अनुगमन



Advertisement
विज्ञापन

अर्घाखाँची।  घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीले सदरमुकामको अलवा स्थानीय तहका बजार तथा हाइवय  क्षेत्रहरुमा  अनुगमन लाई तिब्रता दिएको छ , कार्यालयको बाषिक स्वीकृत कार्यक्रम अनुसार बाणिज्य बजार अनुगमन तथा निरीक्षण गरिएको थियो ।

मंगलबार   जिल्लाको सितगङा  नगरपालिका स्थित हाइवय क्षेत्रमा रहेका हिलेखोला ,चक्ला ,कोप्चेबास ,अमराइ  बजारमा रहेका होटल  गल्ला तथा किराना , कपडा तथा फेन्सी पसलहरुमा अनुगमन गरिएको थियो ।


Advertisement
Advertisement
Advertisement

साथै ,अनुगमनको क्रममा केहि पसल हरुको नवीकरण नगरिएको पसलको पुजी वृद्धि नगरिएको केहि खाध्य तथा होटलहरुमा चाउमिन कोल्डड्रीन्स लगायत अन्य पिय पदार्थहरुमा  म्याद गुज्रिएको सामानहरु भेटिएको थियोे भने मुल्य सुची नराखीएको पसलहरुमा मुल्यसुची अनिवार्य राख्ने पसलको साइनबोर्ड राख्नु पर्ने नवीकरण तथा पुजी वृद्धिको लागि सात दिनको म्याद दिइएको थियो  साथै म्याद गुज्रेका खाध्य पदार्थहरु लाई नस्ट गर्नुका साथै अनुगमन टोलिले अर्को पटक अनुगमनको बेला नियम पालना नगरेको भेटिए २५ हजार देखी माथी जरिवाना गरिने जानकारी गराएको थियो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका साहयक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा निस्केको अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालयका प्रमुख उधोग अधिकृत सन्तोष खनाल, उधोग बाणिज्य संघ सितगङाका प्रतिनिधि नारायण बहादुर बन्जाडे ,सितगङा नगरपालिका राजस्व शाखाका प्रतिनिधि कमल पन्थी , ईलाका प्रहरी कार्यालय ठाडा का प्र.ना .नि .डम्बर बहादुर बुढाथोकी ,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल ,घरेलु बिकास कार्यालयका उबिस  अरुण कुमार सिंह , सितगङा एफ एमका स्टेसन म्यानेज पत्रकार अराज बेल्बासे  कार्यलय सहयोगी  हरि प्रसाद खनाल तथा सबारी चालक तेज बहादुर सारु लगायतको  उपस्थित  रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad