कर्फ्यु र निषेधाज्ञा हट्यो नेपालगन्जमा
नेपालगन्ज । स्थानीय प्रशासनले नेपालगञ्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा हटाएको छ।असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो। त्यसपछि रातिमा कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो।नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञाको समय घटाउँदै लगेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले कर्फ्यु र निषेधाज्ञाको हटाउने निर्णय भइसकेको जानकारी दिए।
सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो।
हिन्दु समुदायको महान पर्व दशैं नजिकिएसँगै बजारमा पहलपहल बढेको र नेपालगञ्ज पुरानै लयमा फर्किएकाले स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाइएको हो ।