Advertisement
विज्ञापन

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी



Advertisement
विज्ञापन

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी भएका छन् ।अध्यक्षका अर्का उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पराजित गर्दै अर्याल विजयी भएका हुन ।

विजयी अर्यालले ७७६ मत प्राप्त गरे । त्यस्तै श्रेष्ठले ६८९ मत प्राप्त गरे । त्यस्तै अर्याल प्यानलबाटै उद्योग उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । ७७८ मत ल्याएर भट्टराई विजयी भएका हुन । उनका प्रतिस्पर्धी नविन प्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे ।त्यस्तै महासचिवमा अर्याल प्यालनकै मुक्तिप्रसाद अधिकारी ७६० मत प्राप्त गर्दै विजयी भएका छन् ।

कोषध्यक्षमा ८०९ मतका साथ अर्याल प्यानलकै बसन्त प्रसाद ढकाल विजयी भएका छन । त्यसैगरि सचिवमा भने अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए ।सहकोषध्यक्षमा अर्याल प्यानलबाटै धनकुमारी खनाल विजयी भईन । उनले ८३० मत प्राप्त गरिन ।


Advertisement
Advertisement

बरिष्ठ उपाध्यक्षमा यस अघि नै टंकप्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन । त्यसैगरि बाणिज्य तर्फको उपाध्यक्षमा पनि यस अघि नै विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement