Advertisement
विज्ञापन

गुल्मीका ६ ठाउँमा दसैं-तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना



Advertisement
विज्ञापन

 गुल्मी ।गुल्मीमा दसैं, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।जिल्लाको जोहाङ्ग, वामी, रिडी बसपार्क, श्रृङ्गा, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क गरी ६ वटा स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् ।सहायता कक्षको स्थपाना गर्दै गुल्मीबाट बुटवलको छुट्ने बसको चालकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले फुलमाला लगाएर शुभारम्भ गरिएको हो ।


Advertisement
Advertisement

दसैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भीड हुने भएकाले नागरिकको सहजताको लागि सहयाता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताए ।यो अवधिमा दुर्घटना हुने भएका सवारी चेक जाँच, ओभर लोड र मापासे चेकजाँचलाई कडाइका साथ लैजाने प्रधानले बताए ।

यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मूल्य तिनु पर्ने समेतका घटनालाई मध्यनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।सहायता कक्षबाट सवै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने काम प्रहरीले गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

सहज र सरल तरिकावाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्वन्धित यातायात व्यवसायी संघ, सँस्थासँग समन्वय गर्ने काम प्रहरीले गर्नेछ ।चाड पर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्न र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षबाट काम हुने आचार्यले बताए ।

तम्घासको बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौबिसै घण्टा प्रहरीहरुले सेवा प्रदान गर्नेछ ।यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा जनचेतना मूलक सन्देश प्रवाह प्रहरीले गर्नेछ ।नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement