Advertisement
विज्ञापन

देश युवाबिहीन हुने खतरा बढ्यो



Advertisement
विज्ञापन

भैरहवा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी ब्याप्त रहेको बताएका छन् । उनले रोजगारी नहुँदा युवाशक्तिहरु विदेश पलायन भइरहेको जनाए । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका खनाल आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाशक्तिहरु खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि ठीक नभएको बताए ।

उनले यही अस्वथा रहे देश युवाबिहीन हुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘युवालाई मुलुकमै टिकाउन जरुरी छ, यसका लागि रोजगारी बृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ’, उनले भने । उनले मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने जनाए ।


Advertisement
Advertisement
Advertisement

यस्तै, नेता खनालले नेपालमा नयाँ ढङ्गको धु्रबिकरणको आबश्यकता रहेको समेत बताए । बर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ धु्रबिकरण आबश्यकता रहेकोमा जोड दिए । ‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरु एक हुनुपर्ने हुन्छ’, उनले भने, ‘यसका लागि नयाँ धु्रविकरण जरुरी छ ।’

उनले २०७४ मा बनेको दुई तिहाईको सरकारबाट जनताले अपेक्षा गरे पनि गलत नेतृत्वका कारण मुलुक फेरि संकटमा परेको जनाए । उनले अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी विचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको उनको आरोप छ । उनले व्यवस्था फेरिए पनि त्यो व्यवस्था अनुसार जनताको जीवनस्तर र अबस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पुँजीवादमै रहने भन्ने बिषयमा व्यापक बहस चलाउनु पर्ने बताए ।

नेता खनालले अहिलेका तीन तहका सरकारले जनताको काम गर्न नसकेको बताए । ‘यो व्यवस्थामा कुनै सरकारले काम गर्न सक्दैन’, उनले भने, ‘यसैले व्यापक सुदृढिकरण जरुरी छ । यसैले हामीले नयाँ योजनासाथ अभियान चलाएका छौं ।’ मुलकुमा आर्थिक, सामाजिक र सांस्कृतिक संकट गहिरिँदै गएको उल्लेख गर्दै नेता खनालले समाजवादी यात्राले जनतामा बढ्दो निरासालाई कम गर्न मद्दत गरेको बताए ।

समाजवादी पार्टीका उपमहासचिव एवं प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाईलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताए । उनले असोज १४ बाट शुरु भएको यात्रा भैरहवासम्म आउँदा झण्डै ५ हजार बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादी प्रवेश गरेको बताए ।

यात्राका क्रममा आफूहरुले जनतालाई आश्वस्त पार्ने गरी रोजगारी सिर्जना, कृषिमा आधुनिकिकरण, व्यवसायिकरण लगायतका विषयमा आवाज बुलन्द गरेको र यी पूरा गर्न सरकारलाई दवाव दिने बताए । नेता खतिवडाले समृद्धिका लागि रोजगारी र रोजगारीका लागि कृषि संगसंगै लैजानु पर्नेमा जोड दिए । समाजवादी जागरणको मेची–महाकाली यात्रा असोज २९ मा महेन्द्रनगर पुगेर समापन हुनेछ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad