Advertisement
विज्ञापन

ऐतिहासिक प्रथम गुल्मी महोत्सवको प्रचारप्रसारलाई तीब्र बनाइदै



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा कार्तिक १५ गतेदेखि २५ गतेसम सन्चालन हुने ऐतिहासिक प्रथम गुल्मी महोत्सवको प्रचारप्रसार लाई तीब्र बनाइने भएको छ।
गुल्मी उद्योग संघको आयोजनामा संचालन हुने उक्त महोत्सवको प्रचारप्रसार लाई तिब्र बनाउन बिहिवार सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रम राखीएको हो।
सबैले आफ्नो ठाउँबाट प्रचारप्रसारमा लाग्न महोत्सव प्रचारप्रसार समितिका संयोजक जनार्दन घिमिरेले जिल्ला सम्पुर्ण पत्रकार एवं सन्चारकर्मिहरुलाइ आग्रह गर्नुभएको छ।

“उद्योग कृषि र पर्यटनमा उनिएको थुङा”समुन्त गुल्मीका लागि जाउँ हिँड रेसुङ्गा ” भन्ने मुल नारा सहित सन्चालन हुन लाएको महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड बराबरको कारोबार गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।


Advertisement
Advertisement

दशै र तिहारको बीचमा बिदामा गुल्मी आउनेहरूको लागि मौका पारेर गुल्मी चिनाउनका कार्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीको ऐतिहासिक प्रथम महोत्सव संचालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

रेसुंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले तम्घासस्थान मन्दिरबाटै तम्घासको नाम रहेकोले र मन्दिरमा सफल दाम्पत्य जीवनको लागि भाकल चढाउने भएकोले यो महोत्सव निकै महत्त्वपूर्ण रहेको उनले बताए।

११ दिनसम्म चल्ने गुल्मीको ऐतिहासिक प्रथम महोत्सवमा
कृषि र पशुपालनलाई प्राथमिकता, पर्यटन प्रवर्द्धनका जोड, राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, तम्घासस्थान मन्दिरलाई चिनाउने, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, गुल्मीको आर्थिक अवस्थालाई चलायमान गराउने र स्थानीय स्तरका सबै प्रकारका पहिचानलाई चिनाउने गरि महोत्सव संचालन गर्ने गुल्मी उद्योग संघले जनाएको छ ।

गुल्मीको सदरमुकाम तम्घासको नाम रहन गएको तम्घासस्थान मन्दिर नजिकै पर्यटकीय तथा धार्मिक स्थल अर्जुन डाँडाको काखमा हुने उक्त महोत्सवलाई निकै महत्त्वपूर्ण मानिएको छ ।साभार गुल्मी लाइभ

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement