Advertisement
विज्ञापन

उद्योग बाणिज्य संघको अधिबेशन



Advertisement
विज्ञापन

बुटवल । बुटवल उद्योग बाणिज्य संघको अधिबेशनलाई लिएर व्यवसायी बीच विभिन्न अडकल बाजी भइरहेका छन् । असोज १९ गते देखि सुरु हुन लागेको ७० औं साधारण सभा एवं २५ औं अधिबेशनमा यस पटक दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । दुवैले आफ्नो माहोल बनाउन व्यवसायी भेटघाट देखि छलफल गरिरहेका छन् ।

यसैबीच हरि अर्यालको प्यानलबाट औषधि व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष उद्योगी सुरज भट्टराईले उद्योग उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।व्यवसायी माझ सरल व्यक्तित्वको पहिचान बनाएका भट्टराईले दुई कार्यकाल उद्योग बाणिज्य संघको कार्य समिति पद रहि कार्य सम्पादन गरिसकेका छन् ।


Advertisement
Advertisement
Advertisement

ग्रेस फार्मास्युटिकल्स प्रा.लिका प्रबन्ध निर्देशक रहेका सुरजभट्टराईले व्यवसायीका समस्या बुझेको र त्यसको समधान गर्न आफु योग्य भएकै कारण उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।औषधि व्यवसायी संघ रुप्न्देहीमा अध्यक्ष रहदा संस्थालाई गतिशिल बनाउंदै व्यवसायीक एकता कायम गरेका भट्टराई अन्य विभिन्न संघ संस्थामा रहेर काम गरेका छन् ।

वित्तिय क्षेत्रमा पनि उत्तिकै चासो राख्ने भट्टराई २ हजार भन्दा बढि सदस्य रहेको जनकल्याण सहकारीको अध्यक्ष समेत हुन ।व्यवसायीलाई परेका हरेक समस्यामा साथ दिदै आएका भट्टराई उद्योगी व्यवसायी माझ मिलनसार, भद्र, सफल व्यक्तित्व, योजना तर्जुमा गर्न सक्ने सक्षम व्यक्तित्व पहिचान बनाएका छन् ।

‘मैले व्यवसायीका समस्या बुझेर त्यसको समधानको पहल कदमी गर्नेछु । केही नितीगत व्यवसायी मैत्री काम गर्न सरोकारवालामा पुगेर छलफल र संवाद बाट निचोड निकाल्ने छु । त्यसैले पनि उद्योगी व्यवसायीको साथ मलाई चाहिएको छ’ उनले भने ।

औषधि उत्पादकहरुको संस्था एम्पानको केन्द्रीय सल्लाहकार समेत रहेका भट्टराई १२ बर्ष देखि क्रिमशन अस्पताल र क्रिमशन कलेजको सञ्चालक समितिमा छन् । उनले उद्योगको अलवा २८ बर्ष देखि बुटवलमा सनराईज मेडिसिन सप्लार्यस समेत सञ्चालन गरेका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad