Advertisement
विज्ञापन

रुपन्देहीमा कृषिका लागि ७ करोड बजेट



Advertisement
विज्ञापन

रुपन्देहीमा कृषि क्षेत्रको विकासकालागि सात करोड ३७ लाख बराबरको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ ।कृषि ज्ञान केन्द्र रुपन्देहीले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि उक्त रकम सार्वजनिक गरेका हो ।

कृषि उत्पादन, खाद्य तथा पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, ब्लक विकास कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रम लगायतमा आधारित भएर बजेट विनियोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालले जानकारीदिए ।

कृषि उत्पादन, खाद्य तथा पोषण कार्यक्रममा १९ वटा शिर्षक समावेश गरि तीन करोड ४० लाख ९७ हजार विनियोजन भएको छ ।त्यस्तै स्मार्ट कृषि गाउँ कार्यक्रममा ४७ लाख, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रममा ३८ लाख ७६ हजार, मकैको ब्लक विकास कार्यक्रममा १९ लाख छुट्टयाइएको छ ।

संघको शसर्त अनुदान अन्तरगत ५० लाख बजेटमा उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन हुने केन्द्रले जनाएको छ । प्रदेशले बजेट सार्वजनिक समयमै गरेपनि कार्यविधि बन्न समय लागेकाले कार्यक्रम सार्वजनिक गर्न समय लागेको छ ।लक्ष्य अनुसार कार्य सम्पादन गर्न अब प्रकृयागत रुपमा लाग्ने कार्यालयले जनाएको छ । रुपन्देही खाद्यान्न बालीमा आत्मनिर्भर छ ।

वार्षिक करिव ८० हजार मेट्रिक टन उत्पादन हुने तरकारीमा आत्मनिर्भर उन्मुख छ । तेलहन र दलहन बालीमा पनि उत्पादन बढ्दो क्रममा छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईले नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै यान्त्रिकीकरणमा जोड दिन प्रदेशसँगै स्थानीय तहका प्राविधिकहरुले पनि विशेष पहल गर्नुपर्ने बताए ।

खेतीयोग्य जमिन कम हुँदै गइरहेका बेला अहिलेको आवश्यकता उत्पादकत्व कसरी बढाउन सकिन्छ त्यसतर्फ कृषि ज्ञान केन्द्र लाग्नुपर्ने वार्षिक कार्यक्रम सार्वजनिकिकरणमा बोल्ने वक्ताहरुले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement