Advertisement
विज्ञापन

लगातार आठौं दिन पनि घट्यो सुन चाँदीको मूल्य



Advertisement
विज्ञापन

 काठमाडौं । सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ । लगातार आठौं दिन घट्दा छापावाल सुनको मूल्य एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।मंगलबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । सोमबार एक लाख ७ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

यस्तै,आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ७ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँले कायम भएको छ । हिजो एक लाख ७ हजार ४ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


Advertisement
Advertisement
Advertisement

८ दिनमा साढे ५ हजारले घट्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार असोज ८ यताको ८ दिनमा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले घटेको छ ।असोज ८ गते एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता हरेक दिनजसो घटेर एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि ८ दिनमा तोलामा १२० रुपैयाँले घटेको छ । ८ असोजमा १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १६ अजोजमा आइपुग्दा १३ सय १० रुपैयाँ कायम भएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad