Advertisement
विज्ञापन

गुल्मीको मुसिकोट नगरपालीकामा मोटरसाईकल चोरी गर्ने २ युवा पक्राउ



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको मुसिकोट नगरपालीकामा मोटरसाईकल चोरी गर्ने २ युवा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बागलुङले मोटरसाईकल चोरी गर्ने २ युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बागलुङको गलकोट नगरपालिका ११ रिघाका २० बर्षिय लोकेश राना र गुल्मीको मालिका गाउँपालिका वडा नं ३ का १८ वर्षीय मदन भनिने छव बहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन के.सीले जानकारी दिनुभयो ।


Advertisement
Advertisement
Advertisement

उनीहरुले गत असौज ४ गते गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारका विक्रम श्रेष्ठको बजाज १ सय ५० सीसी पल्सर मोटरसाईकल र असौज ६ गते बागलुङको गलकोट नगरपालिका ९ का बालकृष्ण केसीको १ सय ५० सीसीको पल्सर बाईक चोरी गरेका थिए । मोटरसाईकल चोरी गरेर भागेका उनीहरुलाई पक्राउ गरी चोरी सम्बन्धी मुद्धा दर्ता गरी थप अनुसन्धान चल्दै गरेको केसीले बताउनुभयो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad