Advertisement
विज्ञापन

बुटवलमा बजार अनुगमन



Advertisement
विज्ञापन

बुटवल । चाडपर्व नजिकिए संगै बुटवल उपमहानगरपालिकाले अनुगमनलाई तिब्रता दिएको छ ।बजारमा अखाद्य बस्तु विक्रि भएको, महंगो मुल्यमा व्यापारीले बस्तुको विक्रि गरेको गुनासो समेत बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले अनुगमन कार्यलाई तिब्र बनाएको हो ।

आईतबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा खाद्यान्य पसल अनुगमन गरिएको छ । अनुगमनका क्रममा लेवल विनाका सामानहरु विक्रि गरिएको भेटिएको थियो ।त्यस्तै दैनिक उपभोग्य बस्तुको मुल्यमा एकरुपता समेत नदेखिएको अनुगमन समितिकी संयोजक समेत रहेकी उपप्रमुख सावित्रादेवी अर्यालले बताईन ।


Advertisement
Advertisement

अनुगमनका क्रममा चाडपर्वमा बढि विक्रि हुने जिरा, धनिया, चिनीको मुल्य एकरुपता समेत नदेखिएको उनले बताईन ।अनुगमनका क्रममा थोक विक्रेताबाट भ्याट सहित ७१२ रुपैयां प्रतिकेजी जिरा खुद्रा व्यापारीकहां पुगेपनि खुद्रामा भने प्रतिकेजी १ हजार ३ सय रुपैयां सम्म विक्रि हुने गरेको भेटिएको थियो ।

पवन किराना पसलले जिराको थोक विक्रि गर्दा प्रतिकेजी ७१२ रुपैयां परेपनि विष्णु किराना पसल सहितका खाद्यान्य पसलमा प्रतिकेजी १ हजार २ सय देखि १ हजार ३ सय रुपैयांमा विक्रि हुने गरेको भेटिएको थियो ।अनुगमन टोलीले बढि मुल्य विक्रि गर्नेलाई मुल्य समायोजन गरेर विक्रि गर्न आग्रह गरेको छ ।

त्यस्तै बजारमा चिनीको मुल्यमा पनि एकरुपता नभएको भेटिएको छ । खाद्यान्य पसल अनुसार प्रतिकेजी चिनीको मुल्य ११० देखि १२० रुपैयां सम्म पर्ने गरेको अनुगमनमा भेटिएको थियो ।
अनुगम बुटवल उपमहानगरपालिकाका ठगिश्वर पोखरेल, सूचना अधिकारी तुल्सा शर्मा, पत्रकार, नगरप्रहरी, नेपाल प्रहरी सहितको टोलीले गरेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement