Advertisement
विज्ञापन

एकीकृत समाजवादीबाट निर्वाचित शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर



Advertisement
विज्ञापन

काठमाडौं। विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले आज उनीसहित २ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा खुशीप्रसाद थारुको इजलासले गुप्तासहित इञ्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो।


Advertisement
Advertisement

विशेषले दुवैलाई एक लाख ४० हजार विगो र त्यति नै जरिवाना र ६र६ महिना कैद हुने फैसला सुनाएको छ। उनीहरूमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेषले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका उनले ५ हजार ३९२ मत प्राप्त गरेका थिए । अख्तियारले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए भने नगरपालिका उप मेयर अनिताकुमार चौधरीले सम्हाल्दै आएकी छन्।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement