Advertisement
विज्ञापन

प्रदेशको भागबण्डा टुंगाउन लुम्बिनीका मुख्यमन्त्री काठमाडौं जाँदै



Advertisement
विज्ञापन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी काठमाडौं आज काठमाण्डाै जाँदैछन् ।

मन्त्रालय फुटाएर भागबण्डा मिलाउने प्रयास गरेपनि पार्टी भित्रैबाट मन्त्रालय टुक्राउन नहुने दवाव बढेपछि त्यसैको अन्तिम निर्णय लिन भन्दै मुख्यमन्त्री चौधरी आज काठमाडौं जान लागेका हुन ।


Advertisement
Advertisement
Advertisement

‘हिजो नै काठमाडौं जाने तयारी थियो । तर नेपालगञ्जमा कार्यक्रम भएकाले सम्भव भएन । उहां आज काठमाडौं जाँदै हुनुहुन्छ’ मुख्यमन्त्री सचिबालयले भन्यो ।मन्त्रालय नफुटाउन कांग्रेसले एकातिर दबाब दिइरहँदा अर्कोतिर माओवादी केन्द्रले दीपेन्द्र पुनलाई मन्त्री बनाउन मुख्यमन्त्रीसामु दबाब दिइरहेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको हालै बसेको बैठकले मन्त्रालय विभाजन नगर्न निर्देशन दिएको थियो । यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिं पुनले माओवादीले मन्त्रीको सूचीमा पठाएका सांसद दीपेन्द्र पुनको विषयमा असन्तुष्टि जाहेर गरेका छन् ।

स्वतन्त्र रूपमा गठबन्धन दलका विरुद्ध चुनावी मैदानमा गएर पछि माओवादीमा फर्केका दीपेन्द्र पुनको विषयमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । तर मुख्यमन्त्री चौधरीले माओवादीसँग पुनको साटो अर्को सांसदको नाम माग्न पनि सकेका छैनन् ।
माओवादीले जसरी पनि पुनलाई मन्त्री बनाउनुपर्ने दवाव दिइरहेको छ ।

माओवादी संसदीय दलका नेता जोग बहादुर महाराले दीपेन्द्रको विषयमा कांग्रेसको पार्टी सभापतिले भनेर नहुने बताए । उनले भने, ‘दीपेन्द्रलाई हामीले सिफारिस गरेका हौँ, उहाँ मन्त्री बन्नुपर्छ ।’

विगतमा सत्तारुढ दलहरुको समझदारी अनुसार मन्त्रालय विभाजन गरेर माओवादीका २ र नेपाली कांग्रेसका ३ मन्त्री थप्ने तयारी भए पनि मन्त्रालय विभाजन नगरी सरकार विस्तार गर्न अप्ठ्यारो भएको छ ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबिच भएको पूर्वसहमति अनुसार अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर अहिले ३ मन्त्रालयमात्र बाँकी रहेका कारण सरकार विस्तारमा समस्या देखिएको हो ।

अहिले लुम्बिनी प्रदेशमा माओवादीका एक जनामात्रै मन्त्री छन् भने नेपाली कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई जना छन् । अन्य मन्त्री साना दलका हुन् ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले केही दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा रहेको बताए ।

वैशाख १४ मा पद सम्हालेका मुख्यमन्त्री चौधरी नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन् । साना दलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास र धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

अन्य तीन वटा मन्त्रालय भने मुख्यमन्त्री चौधरी आफैँले सम्हाल्दै आएका छन् । माओवादी केन्द्रले पुन र केसीको नाम मन्त्रीका रुपमा पठाएको छ भने नेपाली कांग्रेसमा मन्त्री बन्नेको नाम अझै फाइनल भएको छैन ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad