Advertisement
विज्ञापन

नाट्टाको आयोजनामा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुँदै



Advertisement
विज्ञापन

बुटवल । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजनामा बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुने भएको छ ।विश्व पर्यटन दिवसलाई उपलव्धिमूलक बनाउन असोज ९ गते सन्ध्याकालीन महाआरती कार्यक्रम गर्न लागिएको नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले जानकारी दिइन् ।

बुटवलको पुलचेकस्थित दुर्गामन्दिर परिसरमा आयोजना हुने महाआरती कार्यक्रम लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण हुने उनले बताइन् ।कार्यक्रमको पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवर्तक रहेको छ भने बुटवल उपमहानगरपालिकाले सहकार्य गरेको छ ।


Advertisement
Advertisement
Advertisement

महाआरती कार्यक्रममा नेपालका आधिकारिक एवं ऐतिहासिक प्रथम जगतगुरु अनन्त श्री विभुषित “बालसन्त” मोहनशरण देवाचार्य महाराज।ीको आगमन हुने भएकाले उपस्थितिको लागि नाट्टाले सबैमा अनुरोध गरेको छ ।नाट्टाले धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्षदेखि महाआरती कार्यक्रम गर्दै आएको छ ।

अध्यक्ष पन्तले धार्मिक तथा साँस्कृतिक पहिचान र प्रवद्र्धनबाट यस क्षेत्रको पर्यटन उद्योगलाई चलायमान बनाउन तथा बुटवलको ऐतिहासिकतालाई प्रचारमा ल्याउन सन्ध्याकालिन आरतीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताईन् ।

यस क्षेत्रमा हुने धार्मिक र सांस्कृतिक कार्यहरुले छिमेकी देश भारतबाट पनि पर्यटक तान्न यसले विशेष भूमिका खेल्ने बिश्वासका साथ सन्ध्याकालिन आरती आयोजना गर्न लागिएको उनले बताईन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad