Advertisement
विज्ञापन

अर्घाखाँची अस्पतालको बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न बार्षिक.



Advertisement
विज्ञापन

अर्घाखाँची।आर्थिक बर्ष २०७९/०८० को बार्षिक  प्रगतिको समिक्षा गर्दै अर्घाखाँची अस्पतालको गोष्ठी सम्पन्न भएको छ पचास शैयाको अस्पताल स्वीकृत भए पनि पुरानै पन्ध्र बेडको संरचना रहेको अस्पतालमा ६१ वटै बेड ब्याबस्थापन गरि बिरामी हरु लाई सेवा प्रदान गरिएको अस्पतालमा हाल एमडि एकजना एमडीजिबि एक जना मेडिकल अधिकृत चार जनाडाक्टरहरु  रहेका छन स्थायी तर्फ १७ जना विभिन्न करार तथा अस्पताल बिकाश समिती बाट ७४ जना गरि कुल ९१ जना कर्मचारी कार्यरत अस्पतालमा गत आ .ब.मा कुल ६१ हजार भन्दा बढी मानिसले सेवा लिएका छ्न ।

अस्पतालले गत आ.ब. मा १७०० भन्दा बढी लाई थेरापी सेवा ,७०८ जना लाई डेन्टल सेवा ,१४५ जना लाई आखा उपचार सेवा ,६२३ को डेलिभरी सेवा ,लगायतको सेवा उपलब्ध गराएको छ गत आबमै ९६ जनाको मापसे चेकजाँच ,९४ जनाको पोस्टमाटम गरिएको छ  भिडियो एक्से तर्फ दैनिक ४० जना, ल्याब तर्फ (२७२)प्रकारका  परिक्षण  गरिने गरिएको छ भने दैनिक ८०/९० जनाले ल्याब टेस्ट गराउने गराएका छ्न , डेलिभरी को अप्रेसन (cs) ८४ जनाको
गरिसकिएको छ भने डेलिभरी कक्षमा रहेका तीन वटै बेडमा एकै पटक तिनवटा डेलिभरी गराउन सकिने ब्याबस्था मिलाइएको छ।


Advertisement
Advertisement
Advertisement

गत आबमा रु. ४८९८३५१७ आम्दानी गरेको अस्पतालको खर्च ४६४८४४५१ रहेको  तथा बचत रकम रु .१२२१३९९३१  उल्लेख गरिएको थियो हाल अस्पतालमा ७५ % भन्दा बढी बिमित गरेका बिरामी आउने गरेका छन् हाल अस्पतालमा प्रेसर तथा दमका बिरामी बढिमात्रमा आउने उल्लेख गरिएको छ ,हाल अर्घाखाँचीमा ८०५६९ बिमित बनेका छन बिमा दाबिको ३करोड ७५ लाख मध्ये २ करोड ७५ लाख भुक्तानी भइ सकेको हाल अस्पतालको एम एम एस ८१% रहेको जानकारी गराइएको थियो ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यमामा शुरु भएको गोष्ठीमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल ,अस्पताल ब्याबस्थापन समितिका सदस्य मेनुका पौडेल ,स्वास्थ निर्देशनालयका तथ्यांक अधिकृत रामजनम कुर्मी  अस्पतालका प्रमुख मेसु जगन्नाथ तिवारी , एमडिजिबि डा . अशोक शाह ,स्वास्थ कार्यलयका प्रमुख शिव नेपाली तथ्यांक सहायक बसन्त पोख्रेल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता नर्सिङ स्टाप चेतना यादबको स्वागत मन्तव्य तथा अस्पताल ब्याबस्थापक शिव बन्जाडेको संचालनमा सम्पन्न भएको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad