क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
२०५०
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ ।जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आइतबार सो मुद्दाको पेसी तोकिएको हो । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको सुनुवाइ आइतबारका लागि सारिएको हो ।
२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ ।यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेको बताइएको छ ।