Advertisement
विज्ञापन

तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला



Advertisement
विज्ञापन

गुल्मी । तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला परेका छन् । जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर ६ का कपिल कुँवर मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी तीजको दिन असाेज १ गते प्युठानकाे झिमरुक गाउँपालिका वडा नम्बर १ बालुवाखोला तिजको नाच हेर्न भनी गएका थिए । तर, असाेज ३ गतेसम्म पनि घर नआएपछि घरपरिवारले प्रहरीमा जानकारी गराएका थिए ।


Advertisement
Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय पुर्काेट दहले त्यसपछि खाेजी कार्य सुरु गरेको थियो । खाेजी कार्यकाे क्रममा असाेज ४ गते दिउँसो साढे १२ बजे प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ सुसानेपहरामा घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनुको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव पाेष्टमार्टमकाे लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad