नेकपा एसका केन्द्रीय सदस्य गुरुङले गरे पार्टी छाडेको घोषणा
२०४६
गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी मंसिर ४ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बनेका थिए ।
उनी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग प्रतिस्पर्धामा गएका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।पार्टी छाड्नुको कारणबारे सोध्न गुरुङसँग गरिएको सम्पर्क प्रयास सफल हुन सकेन । नेकपा एसका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले आजै केन्द्रको सर्कुलर आएको तर गुरुङले पार्टी छाडेको विषय जानकारी नभएको बताए ।