Advertisement
विज्ञापन

सुनको अनुसन्धान सकिएपछि विमानस्थल भन्सारका कर्मचारीले रोके आन्दोलन



Advertisement
विज्ञापन

२७ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन रोकेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै कर्मचारीहरु आन्दोलन रोकेर नियमित काममा फर्किएका हुन् ।


Advertisement
Advertisement
Advertisement

पाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका थिए भने २५ भदौमा कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गरेका थिए ।

भन्सार विभागसहित अर्थ मन्त्रालयले अनावश्यक रुपमा दुःख दिने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाएको भन्दै कर्मचारीहरु आन्दोलन रोकेर काममा फर्किएका छन् ।

विनाप्रमाण केही कर्मचारीहरु पक्राउ गरेको भन्दै उनीहरुले २७ भदौभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका थिए ।

तर, प्रहरीले हिजो २७ भदौमा नै प्रहरीले अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात् कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दाको प्रतिवादी बनाउन राय दिएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

यसरी अनुसन्धानमा तानिने डरले आन्दोलन सुरु गरेका कर्मचरीले अनुसन्धान सकिएको सीआईबीको घोषणासँगै सन्तोषको सास फेरेको अर्थ मन्त्रालय स्रोतले बतायो । ‘पछिल्ला दिनमा समेत केही कर्मचारीहरु समातिए, त्यसपछि विमानस्थल भन्सार त्रास बढेको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘प्रहरीले अनुसन्धान सकाएकाले अब भन्सारमा काम प्रभावित हुँदैन ।’

गत २ साउनमा विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँचपास भए पनि विमानस्थलका कर्मचारीहरुले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने वातावरण तयार गरिएको आरोप लगाउँदै आएका थिए ।

कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्‍याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको गुनासो थियो । यस्तो कार्य बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै उनीहरुले सामूहिक सरुवाको माग समेत गर्दै निवेदन दिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डे विमानस्थल भन्सारको काम नियमित तवरले भइरहेको बताउँछन् । कर्मचारीहरुलाई हतोत्साही नहुने वातावरण बनाउने काम गरिएको भन्दै उनले भने,‘भन्सार जाँचपास र यात्रु जाँचपास दुबैतर्फ नियमित रुपले सेवा दिँदैछौं ।’

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad