Advertisement
विज्ञापन

लुम्बिनी आएका पर्यटक तिलौराकोट किन पुग्दैनन ?



Advertisement
विज्ञापन

बुद्ध जन्म स्थान लुम्बिनी आउने पर्यटक मध्ये १० प्रतिशत पनि तिलौराकोट नपुग्ने गरेको पाइएको छ ।

सन् २०२२ को सुरुवातदेखि २०२३ को जुलाइसम्म स्वदेशी र विदेशी गरि कुल १२ लाख १० हजार ७० पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन । यही अवधिमा तिलौराकोट पुग्नेको संख्या १ लाख ४ हजार मात्र छ ।


Advertisement
Advertisement
Advertisement

यो तथ्यांकलाई आधार मान्दा लुम्बिनीमा आएको पर्यटक मध्ये साढे ८ प्रतिसत मात्र तिलौराकोट जाने गरेको देखिन्छ । कपिलबस्तुको तिलौराकोट गौतमबुद्धले २९ वर्ष विताएको ठाउं हो ।

जुन बुद्ध जन्मस्थल लुम्बिनीबाट २४ किलोमिटरको दुरीमा छ । गौतम बुद्ध रुपन्देहीको लुम्बिनीमा जन्मीएपछि उनको बाल्यकाल र युवा अवस्थाको केही समय तिलौराकोटमै वित्यो । तिलौराकोट गौतमबुद्धका पिता राज शुद्धोधनको राजदरबार भएको ठाउं हो । देशका विभिन्न भागबाट आएका आन्तरिक पर्यटकहरु धेरै जसो लुम्बिनी मात्र भ्रमण गर्ने गर्दछन ।

तिलौराकोटको बारेमा उनीहरु खासै ध्यान दिंदैनन । भारतले कपिलबस्तु नेपालको भनेर स्वीकार गरेको छैन । उसले बुद्धको क्रिडास्थल आफ्नै भूमि भएको दाबी गर्दै आएको छ। जस कारण लुम्बिनी आएका भारतीयहरु तुलनात्मक रुपमा निकै कम नै तिलौराकोट पुग्ने गरेका छन ।

तर राहदानी बाहक तेस्रो मुलुकका पर्यटक भने केही बढी लुम्बिनीसंगै तिलौराकोट जाने गरेको देखिएको छ । विशेष गरि थाइल्याण्ड, म्यानमार, श्रीलंकाबाट आएका पर्यटक तिलौराकोट पुग्ने गरेका छन ।

हाल कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने प्रक्रिया अगाडी बढाइएको छ । २०२४ मा हुने विश्व सम्पदा समितिको बैठकमा सुचिकृतको लागि पेश गर्ने तयारी गरिएको छ ।

कपिलवस्तुमा पर्यटक बढाउने मुख्य आधार विश्व सम्पदाको सूचीमा सुचिकृत नै भएको लुम्बिनी विकास कोषका तिलौराकोट प्रमुख माधव आचार्यले बताए। अहिलेको अवस्थामा भने पर्यटकहरुलाई आकिर्षत गर्न तिलौराकोटमा पर्यटकीय पूर्वाधार पनि आवश्यक छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने आचार्यको भनाइ छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad